२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

आज एकैदिन चार हजारले घट्यो सुनको मूल्य

आज बिहीबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा चार हजार रुपैयाँले घटेको हो ।

हिजो १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउमा पनि उच्च गिरावट आएको छ । हिजो २ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाान ५५ रुपैयाँले घटेर १९६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार