नेपाल प्रहरीका १० प्रहरी नायव महानिरीक्षक (डीआइजी)को सरुवा भएको छ । मन्त्री स्तरीय निर्णय अनुसार मातहतका निकायमा कार्यरत डीआइजीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
सरुवा हुनेमा दुर्गा सिंह, कुबेर कडायत, रवीन्द्र केसी, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य छन् । यस्तै सरुवा हुने बाँकी डीआइजीमा अर्जुन चन्द ठकुरी, दानबहादुर कार्की, डा.मनोज कुमार केसी र राजन अधिकारी छन् ।

प्रकाशित मिति : २०८१ मंसिर २८ गते शुक्रबार