सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई रिहा गर्न आदेश गरेको छ । शुक्रबार व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रसाईँलाई सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च हाजिर गराइएको थियो ।
उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईँलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २०८१ पुस ५ गते शुक्रबार