२०८३ असोज १६ , शुक्रबार 2, October 2026, Friday

साइबर ब्युरोमा किन पुगिन् गायिका समीक्षा अधिकारी ?

एआईमार्फत फेक भिडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको भन्दै गायिका समीक्षा अधिकारीले प्रहरीमा उजुरी दिएकी छन् । आफ्नो चरित्रहत्या गर्नेलाई विद्युतीय अपराध सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै उनले शनिबार साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।

फेसबुक रिलमार्फत एक व्यक्तिले आपत्तिजनक फेक भिडियो सार्वजनिक गरेर चरित्रहत्या गरेकाले कानुन बमोजिम कारबाही माग गर्दै शनिबार ब्युरोमा निवेदन दिएको समीक्षाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् ।

‘मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ,’ उनले भनिन्, ‘साइबर ब्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको छु ।’

अधिकारीले सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जीवनलाई असर पर्ने गरी गैरकान’नी क्रियाकलाप नगरी दिन सबैसँग अनुरोध समेत गरेकी छन् ।

प्रकाशित मिति : २०८१ पुस ६ गते शनिबार