२०८३ असोज १७ , शनिबार 3, October 2026, Saturday

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला एक लाख ७४ हजार ८०० मा कारोबार भएको सुन आज एक हजार ४०० बढेर तोलामा एक लाख ७६ हजार २०० कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० बढेर दुई हजार ४० कायम भएको छ ।

प्रकाशित मिति : २०८१ चैत १५ गते शुक्रबार