२०८३ जेठ १६ , शनिबार 30, May 2026, Saturday

मोहन बस्नेतको सांसद पद निलम्बनमा

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वतःनिलम्बनमा परेको हो ।

भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।

तत्कालीन सञ्चारमन्त्री बस्नेत र तत्कालिन दुरसञ्चार प्राधिकरणका तत्कालिन अध्यक्षसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गर्दै अख्तियारले हिजो विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

जसमा मुद्दा दायर भएका अन्य प्रतिवादीहरुमा धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, पुरुषोत्तम खनाल, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्य प्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, संदिप अधिकारी, जमाल अनौती, दिलीपकुमार गुरुङ र तेजप्रसाद खरेल रहेका छन् ।

प्रकाशित मिति : २०८२ जेठ २ गते शुक्रबार