२०८३ असोज १७ , शनिबार 3, October 2026, Saturday

नेपाल प्रहरीका ११ एसएसपी डीआइजीमा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ११ एसएसपीको नाम डीआइजीमा बढुवानिम्ति सिफारिस गरिएको छ । मंगलबार (जेठ ६) बसेको बढुवा समितिको बैठकबाट उनीहरूको नाम सिफारिस गरिएको हो । सिफारिस सूचीको पहिलो नम्बरमा सुदर्शनप्रसाद कोइरालाको नाम छ ।

दोस्रोमा विनोद घिमिरे र तेस्रो नम्बरमा दीपेन्द्र घर्ती क्षेत्रीको नाम छ । आउँदा दिनमा रिक्त हुने ती पदमा नाम सिफारिस गरिएको एआइजी एवं बढुवा समितिका सदस्य सचिव दानबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ जेठ ७ गते बुधबार