२०८३ असोज २० , मंगलबार 6, October 2026, Tuesday

रवि लामिछानेको मुद्दामा ‘आदेश’को ठाउँमा ‘फैसला’ लेखिएपछि…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले त्रुटि गरेपछि आज सच्याइने भएको छ ।

शुक्रबार सर्वोच्चले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो । आदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधन गरिपाऊँ भनी आइतबार निवेदन परेपछि आजै पेसी तोकिएको हो ।

न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उच्चको आदेश सदर गरेकोमा आज सोही इजलासमा पेसी तोकिएर आदेश सच्चाउन पेसी तोकिएको सूचना अधिकारी निराजन पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार