२०८३ असोज २० , मंगलबार 6, October 2026, Tuesday

कस्तो छ तपाईंंको ग्रहदशा ? हेर्नुस् आजको राशिफल

२०८२ जेठ ११ गते आइतवार, २५ मे २०२५ । ज्येष्ठ कृष्णपक्ष त्रयोदशी तिथि, १३ः४९ बजेपछि चतुर्दशी । अश्विनी नक्षत्र, ९ः२५ बजेपछि भरणी । चन्द्रराशि मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफन्तको साथले उत्साह जगाउनेछ । इच्छाशक्ति बढ्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । समय फुर्सदिलो रहनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । मान–सम्मान पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । साथ दिनेहरू बढ्नेछन् । नयाँ काममा हातहाल्न सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले चुनौती झेल्नुपर्ला । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नयाँ जिम्मेवारी पाइएला । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । मेहनत गर्दा नयाँ काम फेला पर्नेछ । कृषि, पशुपालनमा आदिमा फाइदा हुने समय छ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । पेसा–व्यवसायमा प्रशस्त फाइदा हुनेछ । काममा अभिभावकको सहयोग प्राप्त हुनेछ । केही प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई समेत प्रभावित पारेर काम बनाउने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्वास्थ्य कमजोर रहनाले समयमा काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । केही दौडधुप गर्नुपरे पनि मिहिनेतको फल भने प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । सचेत रहँदा धन अरूको हातमा जानबाट जोगिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाए पनि संगत र खानपानमा सावधान रहनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । घर–गृहस्थीमा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले समेत आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले विवाद उत्पन्न हुने सम्भावना छ, मान–सम्मानमा आघात पुग्न सक्छ, सचेत रहनुहोला ।

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार