२०८३ असोज १७ , शनिबार 3, October 2026, Saturday

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प

जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए । उनका अनुसार यो पराकम्पन हो । जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ जेठ १२ गते सोमबार