२०८३ असोज १७ , शनिबार 3, October 2026, Saturday

कोहलपुरको मोबाइल पसलमा लुटपाट, प्रहरी नै संलग्न रहेको आशंका

बाँकेमा मोबाइल पसलमा लुटपाट हुनुका साथै पसल सञ्चालकलाई नियन्त्रणमा लिई पैसा असुलिएर छाडिएको छ । कोहलपुरको पुरानो बसपार्कमा रहेको थ्रिस्टार मोबाइल पसलमा लुटपाट भएको हो । घटनामा प्रहरीहरु नै संलग्न भएको आशंका गरिएको छ ।

शनिबार दिउँसो साढे तीन बजे एक टोली सो पसलमा पुगेको थियो । आफुहरू नार्कोटिक्स ब्यूरोबाट आएको र लागुऔषधमा फसाइदिने भन्दै पसल सञ्चालक लक्ष्मण कुँवरलाई कोहलपुरको पिपरीमा लगेर बार्गेनिङ गरी पैसा असुलेका थिए ।

पसलमा छापा हान्ने बेलामा त्यहाँ रहेका सिसी क्यामेराको तार समेत काटिएको खुलेको छ । घटनामा सफिक खानका साथै बर्मा र चौधरी थरका प्रहरी संलग्न रहेको स्रोत बताउँछ । कसैलाई खबर गरे सिध्याइदिने धम्की मोबाइल पसलेलाई दिइएको छ ।

पसलमा अवैध गतिविधि गरेको भन्दै उनीहरुले त्यसरी पक्राउ गरेर पैसा असुलेका हुन् । हाल इलाका प्रहरी कार्यालय कोहलपुरमा डिएसपी लक्ष्मी खनाल कार्यरत छन् । उनले घटनाको कत्तिको निष्पक्ष अनुसन्धान गर्न पाउँछिन् प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति : २०८२ जेठ २५ गते आइतबार