परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको बताएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पाँच जना गैरकानुनी रूपमा गएकाले इरानको जेलमा रहेको सूचना आएको बताइन् ।
उनले भनिन्, ‘इरानमा १६ जना हुनुहुन्छ । हामीले भारतको परराष्ट्र मन्त्रालयलाई आग्रह गरेर उहाँहरूका नागरिकसँग ११ जनालाई ल्याउने वातावरण मिलाएका छौं । उहाँहरू मसाद भन्ने ठाउँमा हुनुहुन्छ । भोलिसम्म भारत आइपुग्नुहुन्छ ।’
गैरकानुनी रूपमा गएर इरानको जेलमा रहेका पाँच जनालाई पनि ल्याउन सकिन्छ कि भनेर आफूहरूले प्रयत्न गरिरहेको उनले बताइन् । पछिल्ला दिनमा इजरायल र इरान युद्धमा होमिएपछि त्यहाँ रहेका नेपालीहरुको सुरक्षा चिन्ता बढेको छ ।
प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार