२०८३ साउन २२ , शुक्रबार 7, August 2026, Friday

पहिरोले अवरुद्ध बन्यो भेरी करिडोर

डोल्पामा भेरी करिडोर अवरुद्ध भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–३ र ठुलीभेरी नगरपालिका–३ मा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शुक्रबार (असार १३) बिहान करिब साढे ८ बजे लेदोसहितको पहिरो खस्दा भेरी करिडोर अन्तर्गत ती स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्रिपुरासुन्दरी–३, सुपानी र भित्ती भन्ने स्थानमा लेदोसहितको पहिरो खसेको छ । ठुलीभेरी–३ मा पनि विभिन्न स्थानमा लेदोसहितको पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार