२०८३ साउन २१ , बिहीबार 6, August 2026, Thursday

देशभर १९०५ जनामा डेंगु सङ्क्रमण

पुस महिनायता एक हजार ९०० भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले पुस महिनायता ७३ जिल्लाबाट एक हजार ९०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिए । उनले मनाङ, रसुवा, हुम्ला र डोल्पामा डेंगु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन ।

डेंगु सङ्क्रमण सबै भन्दा बढी गण्डकी प्रदेशमा ४६८ जनामा पुष्टि भएको छ । त्यसैगरी, बागमतीमा ४४१, कोशीमा ३५३, लुम्बिनीमा ५०५, सुदूरपश्चिममा २६८, कर्णालीमा ३६ र मधेशमा ३४ जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिए । चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ ।

एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन् । त्यो बाहेक आँखाका उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्त हुने डेंगुका लक्षण हुन् ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार