२०८३ साउन २० , बुधबार 5, August 2026, Wednesday

हर्बल टी पिउनूस्, ज्यान बनाउनूस् !

चियाको लोकप्रियता सदियौंदेखि कायम छ । मानिसले चियालाई स्वस्थ र प्राकृतिक विकल्पका रूपमा पिउँछन् । चिया रिफ्रेसिङमा सीमित छैन, धेरै गुणहरूबाट पनि युक्त छ । विगतमा मानिसले चियालाई विभिन्न बिमारीहरूको घरेलु उपचारका लागि पनि प्रयोग गर्थे ।

खासगरी, हर्बल चिया स्वस्थ शरीरका लागि उपयोगी मानिन्छ । सुक्खा फल, फूल, मसाला र जटिबुटीबाट हर्बल चिया बनाइन्छ । केमोमाइल, पुदिना र अदुवा मिश्रित हर्बल चिया पिउन स्वादिष्ट मात्र होइन, स्वास्थ्यका लागि पनि लाभदायी मानिन्छ ।

त्यस्तो चियाले मुटुको स्वास्थ्य, पाचन, निन्द्रा र अन्य धेरै गम्भीर समस्याबाट राहत दिलाउँछ । केमोमाइल टी, पुदिना टी, जिन्जर टी, हिबिस्कस टी, फेनल टी, लेमन बाम टी, रोज हिप टी, सेज टी र प्यासन फ्लावर टी संसारभर प्रसिद्ध छन् ।

हर्बल टीका १० फाइदा

  • तनाव कम गराउँछ
  • शरीरलाई ताजा राख्छ
  • निन्द्रा राम्रो गराउँछ
  • पाचन प्रणालीलाई राम्रो बनाउँछ
  • रोग प्रतिरोधी क्षमता मजबुत बनाउँछ
  • तौल घटाउन मद्दतगार हुन्छ
  • शरीरमा इन्फ्लेमेसन कम हुन्छ
  • मुटुको स्वास्थ्य दुरुस्त हुन्छ
  • दिमाग स्वस्थ राख्न मद्दत गर्छ
  • शरीरलाई डिटक्स राख्छ
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार