लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बाँकेमा आर्थिक वर्ष २०८२–०८३ मा १९६ वटा सडक निर्माण, स्तरोन्नती लगायत पूर्वाधारको काम गर्ने भएको छ । सोका लागि बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार, बाँकेका आठ वटै स्थानीय तहमा विभिन्न पूर्वाधार निर्माणका योजनालाई बजेट विनियोजन गरिएको हो ।
प्रदेश सरकारले बाँकेमा तीन लाख ९० हजारदेखि दुई करोडसम्मका सडक, नाला, ढल निर्माण गर्न बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सीतापुर पुलचोकदेखि राधापुर पिसीओ जाने कृषि सडकका लागि एक करोड ५० लाख, च्यामा सम्झना चोक खजुरा रिमझिम चोक राधापुर सडकका लागि एक करोड २० लाख, राप्तीसोनारी–७ सोनपुर हेल्थपोष्ट हुँदै पिप्रहवा गङ्गापुर र मटेहिया जोड्ने सडक कालोपत्रे गर्न एक करोड २५ लाख विनियोजन गरेको छ ।
त्यस्तै खजुरा बि गाउँ इ गाउँ पिलाडी चनौवा हुँदै मैटहवाचोक कोहलपुर सडकका लागि दुई करोड ५० लाख, राँझा–राजापुर मध्यमार्गी लोकमार्गका लागि एक करोड १५ लाख, पिप्रहवा खजुरा गाउँपालिकाको जलपुरी हुँदै शिवपुरी साईगाउँ सिमादेखि समरपुर बेलडाँडा सडक स्तरोन्नतिका लागि दुई करोड, कुलमान चोकदेखि एचगाउँसम्म जोड्न सडक कालोपत्रे बैजनाथ–६ बाँकेका लागि ४० लाख विनियोजन गरेको छ ।
यसैगरी बैजनाथ–माभज्यागौडीदेखि डायमण्ड बोर्डिङ्ग स्कुलपूर्व शिवमन्दिरदेखि राराबस्ती, बोरिङ् बस्तीसम्म कालोपत्रेका लागि ४० लाख, खजुरा क्यान्सर अस्पताल हुँदै राधापुर–च्यामे सडक कालोपत्रेका लागि ४० लाख, बैजनाथ–६ गडरहीपानी ट्याङ्कीदेखि एचगाउँ जेठी नालामापुलका लागि ४० लाख, करमोहना नालामा कल्र्भट निर्माण, कस्तुरी मार्ग जानकी गाउँपालिका–३ का लागि ५५ लाख बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले नेपालगन्ज उपमहानगरपालिका–१७ ढोडेगाउँदेखि कालीमन्दिर हुँदै स्वास्थ्य चौकीसम्मको सडक स्तरोन्नतिका लागि ६० लाख, नेपालगन्ज उपमहानगरपालिका–२ र ४ बुद्ध गुम्बादेखि नमस्ते टोलसम्मको बाटो ढक्कनसहितको नाली र सडक निर्माणका लागि २० लाख, खजुरा रनियापुर सिक्टा नहरदेखि छकरीपुर हुँदै सोलार कम्पनीबाट गंगालिपुर जाने सडक कालोपत्रेका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले जानकी गाउँपालिका–१ बढैयादेखि जोगागाउँसम्म बाटो कालोपत्रेका लागि एक करोड बजेट विनियोजन गरेको छ भने नेपालगन्ज १६ जैसपुर कब्रस्थानदेखि हनुमान मन्दिर हुँदै पाँचपोखरी जाने सडकका लागि २० लाख, नेपालगन्ज–१२ देखि जानकी तीन नयाँ बस्ती जोड्ने सडक नाली निर्माणका लागि २० लाख, पासाङ्गल्हामु मार्ग हुँदै ब्राइण्डल्याण्ड कलेज हुँदै जेलरोड जोड्ने सडक स्तरोन्नतीका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।
नेपालगन्ज–१७ परसपुर चोकदेखि सुख्खा बन्दरगाह सडक स्तरोन्नति गर्न ७५ लाख, किरणनाला सडक पुल नेपालगन्ज उपमहानगरपालिका विशालचोक हुँदै जानकी गाउँपालिकाको बनियागाउँ हुँदै खजुरा गाउँपालिकाको चल्तुवा माडरिया बेडारी बनकटवा चोक सडक पाँच लाख, नेपालगन्ज–१६ जैसपुर भन्सारदेखि पञ्चपोखरी साइगाउँ हुँदै बढैया शिवपुरी खजुरा गाउँपालिका एकको बेलडाँडासम्मको सडकका लागि ६५ लाख, चौलिक्का चोक हुँदै भाटनपूर्वा डुडुवा–२ जोड्ने सडक र नेपालगन्ज– १४ का लागि ७५ लाख बजेट विनियोजन गरेको छ ।