२०८३ असोज १५ , बिहीबार 1, October 2026, Thursday

बागेश्वरीमा दुई वर्षपछि हुँदैछ जुँगे महादेवको प्राणप्रतिष्ठा

बाँकेको प्रसिद्ध शक्तिपीठ बागेश्वरीमा रु १५ लाख लागतमा अष्टधातुले बनेको जुँगे महादेवको मूर्ति यही साउन ५ गते सोमबार पुनः स्थापना गरिने भएको छ । भक्तजनको सुविधालाई दृष्टिगत गरी सोही दिनदेखि पूजार्चनाका निम्ति मन्दिर खुला हुने पनि जनाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार २००७ सालमा बनेको संरचना र मूर्ति स्थापना भएको ७५ वर्ष भइसकेकाले नयाँ मूर्ति निर्माणको आवश्यकता भएको औँल्याउँदै वागीश्वरी नजिक १०८ फिट अग्लो हनुमानको मूर्ति पनि निर्माणाधीन छ ।

‘विपीचोकबाट सुरु भएर इदगाह–गुरुद्वारा धम्बोझी–बागेश्वरी मन्दिर–घरबारीटोल–पीपलबोट गुम्बा–त्रिवेणीमोड अब धार्मिक करिडोर बन्नेछ । नेपालगन्ज सबै धर्म मान्नेको नगर हो । सबै धर्मावलम्बीको धार्मिकस्थल जोडेर करिडोर बनाउँदा आपसी सद्भाव बढेमा हामी विश्वस्त छौँ,’ नगर प्रमुख विष्टले भने । दुई वर्षअघि जुँगे महादेव मन्दिरको मर्मत सम्भार थालिएको हो ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार