२०८३ साउन २१ , बिहीबार 6, August 2026, Thursday

यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० नेपालीलाई आममाफी दिएको छ । ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।

विभिन्न कसुरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई आममाफी दिएको यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले जनाएको छ । आममाफी प्रदान गरेकोमा नेपाली राजदूतावास अबुधाबीले संयुक्त अरब इमिरेट्स सरकारप्रति आभार समेत व्यक्त गरेको छ ।

‘ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न कसुरहरूमा यूएईको जेलमा रहेका १२० नेपालीहरूलाई बाँकी सजाय मिनाहा गरी आममाफी गरेकोमा नेपाली राजदूतावास, आवुधावी संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ,’ राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार