२०८३ साउन २१ , बिहीबार 6, August 2026, Thursday

धनगढीमा भीषण आगलागी, आठ वटा सटर जलेर नष्ट

कैलालीको धनगढीस्थित एक कम्प्लेक्समा गएराति भीषण आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीको परिवर्तन इम्पेक्समा आगलागी भएको हो ।

राति करिब ११ बजेको समयमा विद्युत् ‘सट हुँदा भएको आगलागीमा स्थानीय विश्वप्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्स र सेन्टर पोइन्ट रेष्टुरेण्टका आठ वटा सटरमा क्षति पुगेको छ ।

करिब दुई घण्टापछि मात्र आगलागी पूर्ण नियन्त्रणमा आएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । आगलागीबाट हेलेन ट्रेडको सटरमा रहेका लुगा कपडासहितका सामान जलेर नष्ट भएका छन् ।

अरु पसलमा भने आंशिकरूपमा क्षति पुगेको छ । लाखौँको क्षति भएको अनुमान गरिए पनि क्षतिको विस्तृत विवरण र आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको सिंहले बताए ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार