बर्दिया जिल्लाको गुलरिया नगरपालिका–३ का तीन जना स्थानीयहरूले बर्दियादेखि काठमाडौँको पशुपति दर्शन गर्नका लागि साइकल यात्रा शुरु गरेका छन् । गुलरिया नगरपालिका–३ तेजीपुर गाउँका जितेन्द्रकुमार यादव र दयाराम रैदास मालती प्रसाद गोडिया पशुपति दर्शन गर्नका लागि गुलरियादेखि साइकल यात्रा सुरु गरेका हुन् ।
उनीहरूलाई गुलरिया नगरपालिका–३ का अध्यक्ष सर्वजित यादवसहितका जनप्रतिनिधि र कर्मचारीहरुले माला र खादा लगाएर सोमबार बिदाइ गरेका छन् । साइकल चढेर करिब ६५० किलोमिटरको दूरी यात्रा गर्न उनीहरू इच्छुक भएपछि पशुपति दर्शका लागि उहाँहरूलाई बिदाइ गरिएको वडाध्यक्ष यादवले बताए । आफ्नो इच्छा पशुपति दर्शन गर्ने रहेकाले अन्य दुई साथीसहित साइकल यात्रा सुरु गरेको जितेन्द्रले बताए ।
प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार