२०८३ साउन १५ , शुक्रबार 31, July 2026, Friday

पशुपतिका नाममा महङ्गो ब्रान्डको रक्सी माग्थिन् ‘बिचौलिया’ रञ्जिता

पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठमाथि ‘बिचौलिया’को गम्भीर आरोप लागेको छ । पोखराको लिची बगैचाको जग्गा हडप्न ‘बिचौलिया’को भूमिकामा काम गरेको अडिओ सार्वजनिक भएपछि रञ्जितले बुधबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी छिन् ।

दुई घण्टा बढी अख्तियारमा बयान दिएर रञ्जित बाहिरिएको टंगाल स्रोतले बतायो । रञ्जिता र सुजन लामासँग घूस लेनदेनको कुरा गरेको अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन् । राजकुमारसँगै रञ्जिता र सुजन पनि अख्तियार धाइरहेका छन् । अडिओ र म्यासेजमा समेत रञ्जिताले पशुपतिमा पूजा गर्ने प्रसंग जोडिकी छिन् ।

रञ्जिताले ‘पशुपति पूजामा छु, क्यास चाहिएको छ’ भन्ने म्यासेज अख्तियारमा समेत पुगेको छ । उनले मन्त्रीज् (राजकुमार गुप्ता)का लागि नरिवलको तेल अर्थात् कोड भाषामा (एउटा महँगो ब्रान्डको रक्सी) समेत बिचौलियासँग मगाएको प्रमाण अख्तियारमा पुगेको छ । पशुपतिका मूल भट्ट गणेश रावलसँग नियमित आशिर्वाद लिन पुग्ने रञ्जिता त्यसपछि जग्गा बिचौलियासँग उठबस गर्ने गरेको पाइन्छ ।

अख्तियार स्रोतका अनुसार रञ्जिताको भूमाफियासँग राम्रै साँठगाँठ भएको देखिएको छ । पशुपति जस्तो पवित्र धार्मिकस्थलमा पूजाआजा गरेर निस्किएपछि रञ्जिताले अपवित्र काम गरेको पाइन्छ । रञ्जिता मन्त्रीबाट बाहिरिपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुँदा के–के बदमासी गरिन् भन्ने कुरा खोजीको विषय बनेको छ ।

टीकापुर नसरंहारको आरोप लागेर जेलमा परेका उनका श्रीमान रेशम चौधरी जेलमै रहेको बेला पार्टी खोलेर अध्यक्षदेखि मन्त्री बनेकी श्रेष्ठमाथि अहिले भूमाफिया र बिचौलियाको आरोप लागेको छ । उनी संसददेखि सडकसम्म ठूला नेतासँग नजिक हुने र फोटो खिचाउन दौडधुप गर्ने पाइएको छ । यसले पनि उनले ठूला नेताको नाम भजाएर चलखेल गर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार