अमेरिकाको एउटा हवाईजहाजमा अनौठो घटना भएको कुरा सार्वजनिक भएको छ । शनिबार फ्लोरिडा जाँदै गरेको विमानमा एक जोडी आफ्नो सिटमा यौन सम्पर्क गरिरहेको आरोपमा पक्राउ परेका हुन् ।
उडानका क्रममा दुई बालबालिकाले उनीहरूलाई यौन सम्पर्क गरिरहेको देखेको दाबी गरिएको छ । यो कुरा उनीहरूले चालक दलका सदस्यहरूलाई जानकारी गराएपछि त्यो जोडीलाई विमानस्थलमा अवतरण गर्नेबित्तिकै पक्राउ गरिएको हो ।
डब्ल्यूडब्ल्यूएसबीको एक मिडिया रिपोर्ट अनुसार, त्यस्तो आरोपमा ४३ वर्षीया ट्रिस्टा एल.रेली र ४२ वर्षीय क्रिस्टोफर ड्र्यु अर्नोल्डलाई गिरफ्तार गरिएको हो । दुवै ड्यानबरीका बासिन्दा हुन् । उनीहरू न्युयोर्कबाट फ्लोरिडाको सारासोटा जाँदै गरेको जेटब्लूको उडानबाट ओर्लने क्रममा पक्राउ परेका हुन् ।
प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार