शनिबार दिउँसो यार्सा सङ्कलन गर्ने समूहबीच डोल्पामा झडप भएको छ । डोल्पाको ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच झडप भएको हो । पूर्वी रुकुम जिल्ला मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरूबीच यार्सागुम्बा सङ्कलनका क्रममा सीमा इलाकाको विषयमा विवाद भएर झडप भएको प्रहरीले जनाएको छ ।
अन्दाजी ७०० जनाको सङ्ख्यामा रहेकाहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले दुई राउन्ड हवाई फायर गरेको समेत उनले बताए । अहिले त्यहाँको अवस्था सामान्य रहेको उनको भनाई छ ।
प्रकाशित मिति : २०८२ जेठ १० गते शनिबार