२०८३ साउन २३ , शनिबार 8, August 2026, Saturday

पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सुविधा फिर्ता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकी छिन् । बुधबार पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाएको सेवा सुविधा त्यागेको व्यहोराको पत्र गृह मन्त्रालयमा दर्ता भएको हो ।

भण्डारीले आजकै मितिबाट लागू हुने गरी सेवा सुविधा फिर्ता गरेकी हुन् । उनले सुरक्षाबाहेकका सबै सुविधा फिर्ता गर्ने भन्दै गृहमा पत्र पठाएकी हुन् । भण्डारीले असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् ।

प्रकाशित मिति : २०८२ असार १८ गते बुधबार