भारतबाट सुनका गहना र नगद चोरी गेर नेपाल आएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका– ११ स्थित रहेको होटल न्यु कालिकोटेबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका–१, का मनबहादुर शाही (४२), तेजबहादुर शाही (४२) सान्नी त्रिवेणी गाउँपालिका–८ का पंकज केसी (१८), प्रेमबहादुर खत्री (४५), अनिता खत्री (३८) र नरहरीनाथ गाउँपालिका–९ की सरिता शाही (२८) रहेका छन् ।

प्रहरी निरिक्षक रेशमलाल पौडेलको कमाण्डमा खटिएको टोलीले भारतबाट सुनका गहना र नगद चोरी गरेर होटल न्यु कालिकोटेमा कोठा भाडा लिई बसेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
होटल न्यु कालिकोटेको कोठा नं.००८ मा बसेका उनीहरुका साथबाट १५ तोला २५ (लाल पथ्थरसहित) तौल भएका सुनका गर–गहनाहरु र नगद नेपाली रू.सात लाख सतासी हजारसमेत बरामद गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।