२०८३ साउन २० , बुधबार 5, August 2026, Wednesday

कुलमान र ज्ञानेन्द्र ‘ग्लोबल हिरो अवार्ड’

यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड नेपालका दुई प्रख्यात व्यक्तिहरू कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई प्रदान गरिने भएको छ । यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ ।

कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हुन्, जसलाई लोडसेडिङ अन्त्यको श्रेय दिइन्छ । उनको कुशल नेतृत्व, दृढ इच्छाशक्ति र व्यवस्थापकीय क्षमताका कारण नेपालले दशकौँ लामो लोडसेडिङबाट मुक्ति पाएको थियो ।

घिसिङको यो योगदानले नेपाली जनताको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ र उनी ‘अँध्यारोबाट उज्यालो’ ल्याउने नायकका रूपमा लोकप्रिय छन् । यसैगरी, ज्ञानेन्द्र शाही, एक प्रभावशाली युवा नेता र सामाजिक अभियन्ताका रूपमा परिचित छन् ।

उनले भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा निरन्तर आवाज उठाउँदै आएका छन् । ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष घिसिङ र शाहीले राष्ट्र निर्माण र जनसेवामा पुर्याएको योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार