चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–१०, स्थित आइतबार साँझ साढे ५ बजे चितुवाको आक्रमणबाट बैदीका दिनेश चौधरी घाइते भएका हुन् ।
मथुराचोकस्थित फुटबल मैदानमा राँगा चराउन गएको बेला चितुवाले चौधरीलाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ । चौधरीको घाँटी र छातीमा चोट लागेको छ । घाइते चौधरीको नगर अस्पताल जयनगरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार